तारा एयरको विमान रापेछापको धावनमार्गमा चिप्लियो

151

काठमाडौँ – काठमाडौँबाट लुक्लाको लागि उडेको तारा एयरको विमान रामेछापको धावनमार्गमा दुर्घटना भएको छ । लुक्लामा अवतरण गर्न नसकेर रामेछाप फर्किएको विमान अवतरणका क्रममा धावनमार्गबाट दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल सदस्य थिए। नाइन एन– एकेके कलसाइन भएको उक्त जहाज क्याप्टेन पीजे शाहले उडाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here