पत्रकारिता मर्यादित नभए मुलुकमा सुशासन कायम हुदैन: मुख्यमन्त्री राई

230

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने जनाएका छन् ।

राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि हासिल गर्न सक्दैन, स्वतन्त्र पत्रकारितासँगै यो पेशा उतिकै रुपमा निष्पक्ष र अनुशासित हुनु जरुरी छ ।’

उनले कतिपय अवस्थामा मिडियाको दुरुपयोग भइरहेको भन्दै सञ्चार माध्यम मर्यादित हुन जरुरी रहेको पनि जानकारी दिए ।

राष्ट्रिय समाचार समिति सरकार मातहत रहे पनि सरकारको ढाकछोप नगरी आलोचना गर्नुपर्ने पनि उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here