सरकारलाई बाबुरामको गम्भीर आरोप !

169

काठमाडौं /  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले संविधान कार्यान्वयन हुनेगरी सरकारले कानुन निर्माणको कामलाई अघि बढाउन नसकेको आरोप लगाएका छन् ।

भट्टराईले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद् र प्रदेश समन्वय परिषद् पनि व्यवहारिक नभएको दाबी गरे ।

सोमबार ललितपुरमा एक कार्यक्रमका बीच डा .रुद्र शर्माद्वारा लिखित ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ सम्बन्धि पुस्तकको बिमोचन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गरेर संघीयता कार्यान्वयनमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

संयोजक भट्टराईले वित्तिय संघीयता र प्राकृतिक स्रोत, साधनको बाँडफाँडसम्बन्धि विवाद नेपालको संघीयता कार्यान्वयनको विवादको मूल विषय रहेकाले सो विवाद निरुपणका लागि व्यापक बहसको जरुरी रहेको पनि स्पष्ट पारे ।

पुस्तकमा संविधान बमोजिम नेपालको संघीयतामा प्रदेश सरकारको भूमिका सशक्त हुनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरिएको छ । प्रदेश सरकारनै संघीयतामा जन अपेक्षा पूरा गर्ने सरकार भए पनि सोही अनुसारको अधिकार प्रत्यायोजन हुन नसकेको पुस्तकका लेखक शर्माको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here