आक्रमणको चेतावनी पहिले नै प्राप्त भएपनि प्रधानमन्त्रीसम्म जानकारी किन गराइएन ?

68

 श्रीलंका / श्रीलंकाको राजधानी कोलम्बोसहितका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा आइतबार शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती बम आक्रमणको चेतावनी पहिले नै प्राप्त हुँदा पनि सुरक्षा व्यवस्था चुस्त नपारिएका कारण ठूलो मानवीय क्षति भएको भन्दै श्रीलंकामा विवाद चुलिएको छ । आक्रमणमा कम्तिमा २९० जनाको ज्यान गएको थियो ।

घटनामा ५०० जना भन्दा बढि घाइते भएका छन् । आक्रमणपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सरकारले देशभर कर्फ्यु लगाएको छ । ज्यान गुमाउनेमा ३६ जना विदेशी नागरिक छन् ।

सरकारी अधिकारीलाई आक्रमणको आरोप लागेको समूहले पहिले नै चेतावनी दिएको भए पनि सुरक्षा व्यवस्था कडा नपारेको तथा बेवास्ता गरेका कारण गम्भीर घटना भएको भन्दै विवाद भएको हो ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाका सल्लाहकार शिराल लकथिलानकाले यो विषयमा अनुसन्धान हुने जनाएको बिबिसीले उल्लेख गरेको छ ।

श्रीलंकाका वरिष्ठ मन्त्री रजित सेनारत्नेले सोमबार कोलम्बोमा पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय गुप्तर निकायले सम्भावित आक्रमणबारे चेतावनी दिएको भए पनि त्यो जानकारी प्रधानमन्त्री रनिल विक्रमसिंघेसम्म नपुगेको आरोप लगाएका थिए ।

आक्रमण अन्तर्राष्ट्रिय संगठनमा भएको उनको आरोप छ । अन्तर्राष्ट्रिय नेटवर्कको सहयोगमै आक्रमण भएको सरकारी अधिकारीको भनाई छ ।

आक्रमणमा स्थानीय समूह नेशनल तौहीद जमातको संलग्नता रहेको सरकारी आरोप छ । तर अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन् । प्रहरीले अहिलेसम्म २४ जनालाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here