ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल चेक बाउन्सको उजुरीमा पक्राउ

203

काठमाडौं / ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल आफ्नै घरधनीको उजुरीमा पक्राउ परेका छन् । घरधनीले नगद बुझेर चेक फिर्ता नगरी पुरानो चेक बाउन्स गराएर नेपाल विरुद्ध उजुरी गरेको दाबी नेपालले गरेका छन् । उजुरी परेपछि उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो चाबहिलस्थित निवासबाटै पक्राउ गरेको हो।

स्कुल संचालन भइरहेको घरधनी नरेशकुमार न्यौपानेको घरको भाडा वापत ६ लाख रुपैयाँको चेक नेपालले न्यौपानेलाई दिएकोमा सो चेकको भुक्तानी हुने मितिमा भेटेर नगद ६ लाख दिइ भर्पाइ बनाएर लिएका रहेछन् । चेक फिर्ता नदिएर ल्याउन बिर्सेको पछि दिउँला भनी घरधनीले भनेका रहेछन् । घरधनी न्यौपानेले चेक फिर्ता नगरी फसाउने नियतका साथ गराएका रहेछन् । चेक बाउन्स भएपछि महाशाखामा न्यौपानेले उजुरी गरेका थिए । उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखका छन्, ‘मैले नरेशकुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत ६ लाख रुपैयाँको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’

फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटकपटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here