तेक्वान्दो प्रतियोगितामा ११ स्वर्णसहित पुलिस च्याम्पियन

122

बाँके / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित च्याम्पियन भएको छ । नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै च्याम्पियन बनेको हो । त्यस्तै ६ स्वर्ण ४ रजत र ७ काश्य पदकसहित १४ पदक जित्दै आर्मी दोस्रो हुदा अर्को विभागिय टिम एपीएफ क्लब २ स्वर्ण, ७ रजत र ५ काश्य सहित १४ पदक जित्न सफल भयो ।

त्यस्तै, प्रदेश १ र प्रदेश ५ ले समान एक—एक स्वर्ण पदक जितेका छन् । प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ ले १ स्वर्ण, १ रजत र ३ काश्य सहित ५ पदक जिति पाचौ स्थानमा रहेको छ । त्यस्तै प्रदेश २ ले १ रजत र ४ काश्य, प्रदेश ३ ले १ रजत ६ काश्य, सुदुरपश्चिमले १ रजत ३ कास्य र गण्डकी प्रदेशले ४ कास्य जित्न सफल भयो ।

मंगलबार सम्पन्न भएको ६ तौल समुहका खेलमध्ये पुरुष ५४ केजि तौल मुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपिएफका गणेश चौधरीले रजत पदक जिते । त्यसै गरी महिलाको ४६ केजी मुनि तौल समूहमा नेपाल पुलिसकी रेजिना कार्कीले स्वर्ण जित्दा सुदुरपश्चिम प्रदेशकी गीता कठेतले रजतमै चित्त बुझाइन् । पुरुषको ५८ केजी मुनि तौल समुहमा प्रदेश ५का गोबिन्द बहादुर आलेले स्वर्ण जित्दा एपिएफका चन्द्र रानामगरले रजत पदक जितेको छ ।

महिलाको ४९ केजि मुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त गरे । पुरुषको ८७ केजि माथि तर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते । महिला ७३ केजि तौल माथि मनिता शाहीले स्वर्ण जितीन भने एपिएफकी शुष्मा गुरुङले रजत जितिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here