एनसेलसंग बैशाख २४ सम्म कर नउठाउन सर्वोच्चको आदेश

76

काठमाडौं / सर्वोच्च अदालतले आज एनसेलको पक्षमा आदेश गरेको छ । आदेशअनुसार यही वैशाख २४ सम्म एनसेलसंग लाभकर उठाउन नपाइने भएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । दुवै पक्षलाई सर्वोच्चले बैसाख २४ गते छलफलका लागि बोलाएको छ।

सर्वोच्चको यो आदेशपछि एनसेल लाभकर विवाद अझै केही समय लम्बिने देखिएको छ। ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेल गत सोमबार सर्वोच्च अदालत पुगेको थियो ।

एनसेलका तर्फबाट कानुन अधिकृत रमेश घिमिरेको तर्फबाट प्रसन्न श्रेष्ठले उक्त रिट वारेस राखी दर्ता गरेका थिए। ठूला करदाता कार्यालयले एनसेलले अब ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो। जबकि एनसेलले आफूले दुई आर्थिक वर्षमा रकम बुझाएको दाबी गर्दै अब १४ अर्ब ३६ करोड मात्र लाभकर बुझाउनुपर्ने दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here