भुकम्पमा परी २२ घण्टापछि जीवितै उद्धार गरिएका बालक अहिले यति ठुलो भए !

439

काठमाडौं /  २०७२ साल बैशाख १२ को महाभुकम्पमा २२ घण्टा पुरिएर जिवितै उद्दार गरिएका ४ महिनाका सोनीस अवाल यतिबेला ५ बर्षका भैसके । सोनीसको परिवार भक्तपुरमा ब्यासी नजिकै कोठा भाडामा लिएर बसेको छ।

सोनीस  अवालले उक्त समय अन्तराष्ट्रिय चर्चा पाएका थिए। भक्तपुरस्थित घर भत्केपछि सोनिस पुरिएका थिए।

भुकम्पको त्यो दिन सम्झँदा रस्मिताको अनुहारको रंग अहिले पनि फेरिन्छ। ‘सम्झन मनै नलाग्ने तर सम्झनाले सधैँ झस्काउने दिन हो त्यो,’ रस्मिता तीतो सम्झना पोख्दै भन्छिन्, ‘छोरा छोरीको आशै भएन, श्रीमानको बारेमा पनि अन्जान थिए।’ हामीले ल्याएको उपहार हेर्न आतुर सोनिसले मन थाम्न सकेनन् । उपहारको बाकस खोलिहाले । भित्र चक्लेट छ कि भनेर गेस गरेका सोनिष रिमोटवाला कार पाएपछि झनै दंग भए । अनि खेल्न थालि हाले । छोराले साईकल माग्छ तर सोनिसको परिवारसंग साईकल किन्दिने पैसा पनि छैन । सोनिसको बाबा गाडी चलाउंछन् अनि आमा सिलाई गर्छिन् ।

भुकम्प गए लगत्तै भत्केको घरबाट सोनिसकी दिदी सोनिया अवाललाई नेपाली सेना र स्थानिय मिलेर उद्दार गरेका थिए तर सोनीसको कुनै पत्तो नलागेपछि सेनाले उद्दार कार्य बन्द गरेको थियो। अर्को दिन बिहान सोनिसकी आमाले बच्चा रोएको मधुरो आवाज सुनेपछि सेनाले फेरि उद्दार कार्य शुरु गरेपछि सोनिस फेला परेका थिए।- ताजाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here