‘नेपाल प्लस साइज मोडल—२०१९’ छानिने

51

काठमाडौं / ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना गर्ने भएको छ । नेपालमै पहिलो पटक मोटी युवतीहरुको लागि ‘नेपाल्स चब्बी मोडल’ आयोजना गरेको ‘सिद्धि मिडियालले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

‘मेरो कमजोरी मेरो क्षेमता’नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् । सद्धि मिडियाले आज विहिवार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १७ देखि ४० बर्षसम्म जुनै समुदायका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।

पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिनेछ । प्रतियोगिले कार्यक्रममा निशुल्क प्रशिक्षण लिन सक्नेछन् ।

समाजमा दबिएर रहेका ब्यक्तिहरुका प्रतिभा, निखार्दे उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले जानकारी दिए । प्रतियोगितामा शिर्ष सहित आधादर्जन बिधामा बिजेता छानिने छन् । प्रतियोगिताको आवेदन सिद्धि मिडियाको कार्यलयबाट भर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here