अर्काकी श्रीमती चोरेर बिहे गर्ने अनौठो चलन

285

एजेन्सी / एजेन्सी पश्चिमी अफ्रिकामा रहेको एक आदिवासी समुदायमा रहेको बिहे संस्कार सुन्दैमा आश्चर्य लाग्ने तथा नेपालमा अपराध ठानिने जस्तो लाग्छ । त्यस देशमा बिहे गर्नका लागि पुरुषहरुले अर्काकी श्रीमती चोर्ने परम्परा कायम रहेको छ । एक–अर्काको श्रीमती चोरेर बिहे गर्ने चलन रहेको छ ।

पश्चिमी अफ्रिकाको बोदाब्बे आदिवासीका पुरुषहरु एक अर्काका श्रीमती चोरेर बिहे गर्दछन् । यो समुदायमा मानिसहरुको पहिलो विवाह घर परिवारको सहमतिमा हुने गर्दछ । तर दोश्रो विवाहको प्रचलन भने निकै अनौठो किसिमको रहेको छ । त्यहाँ दोश्रो बिहेका लागि अरु कसैको पत्नी भगाउनु पर्दछ । अर्काकी पत्नी पट्याएर भगाउन नसक्नेले दोश्रो विवाह गर्न पाउँदैन ।

यो आदिवासी समुदायले हरेक वर्ष गेरेवोल पर्व मनाउँदछन् । उक्त पर्वका अवसरमा पुरुषहरुले आफ्नो अनुहारमा अनेक खालका रंग दलेर श्रृंगार गर्दछन् अनि अनेक खालका गतिविधि गरेर अर्काकी पत्नीलाई फकाउने प्रयास गर्दछन् ।

तर यसरी अर्काकी पत्नी फकाइरहँदा उसको पतिले थाहा पाउनु हुँदैन । यदि कुनै पुरुषले अर्काकी पत्नी फकाउन सक्यो र दुवैैजना भाग्नका लागि राजी भएर भागे भने पछि त्यसरी भागेका जोडीलाई खोजेर उनीहरुका परिवारले नै दोश्रो विवाह गराइदिन्छन् । त्यस्तो दोश्रो बिहेलाई प्रेम विवाहको रुपमा स्वीकार गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here