खुलामञ्चको सटरमा महानगरको डोजर चल्यो, सरकारी सम्पत्ती कब्जा गरेर सटर चलाउनेको रूवाबासी (फोटोफिचर)

325

काठमाडौं – काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा डोजर चलाएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशन समेत लत्याउँदै उपमेयर हरिप्रभा खड्गीले खुलामञ्चको बारेमा काम गर्नै नचाहेपछि मेयर शाक्यको निर्देशनमा खुलामञ्चमा शनिबार डोजर चलेको हो ।

कांग्रेस निकटका कर्मचारी महानगरपालिकाका प्रशाससन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले कीर्ते कागजात तयार गरी मनोज भेटवालको ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिलाइ सटर निर्माण गर्न दिएर लाखौँ कमिसन खाँदै आएको पुष्टि भएको छ ।

खुलामञ्चनै कब्जा गर्ने काममा सहयोगी बनेपछि उपमेयरको वेवास्ता गर्दै मेयर शाक्यले डोजर चलाउने निर्णय लिएका हुन । महानगर प्रहरीका प्रमुख धनपति सापकोटाको नेतृत्वमा अतिक्रमण गरी बनाइएका टहरामा डोजर चलेको छ ।

खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले ती पसलमा डोजर चलाएको हो । खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here