प्रहरीद्वारा पत्रकारिताको दुरुपयोग रोक्न पत्रकार महासंघसँग आग्रह

293

सभामुखसहितका विशिष्ट व्यक्तिको नाम जोडेर केही अलाइनमा आएका समाचारको जिल्ला प्रहरी कार्याल दाङले खण्डन गरेको छ ।

नियमित र सामान्य प्रहरी कार्यको बिषयलाई बिशिष्ठ व्यक्तिहरुको नाम समेत जोडेर अनावश्यक, असान्दर्भिक, अतिरञ्जित, अमर्यादित, अशिष्छ, असत्य, भ्रामक र खेदजनक समाचार प्रकाशन भएको भन्दै प्रहरीले आपत्ति जनाएको हो ।

‘दुराग्रह र दुरासयपूर्ण यस्ता खालका समाचारले बिशिष्ट व्यक्तित्वलाई लाञ्छित गरेको र मर्यादामा आँच पुर्याउन खोजेको प्रति दुःख व्यक्त गर्दै पत्रकारिताको चरम दुरुयोग गरी विना आधार र सबुतका यस्ता गलत समाचार प्रसारण गर्ने सम्बन्धित अनलाइन उपर खोजी गरी आवश्यक कारवाही गर्न नेपाल पत्रकार महासंघ दाङलाई अनुरोध गरिएको छ ।

केही दिनअघि धर्म परिवर्तन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ परेकोमा उनीरुलाई छुटाउन दबाब आएको भन्दै केही अनलाइनले समाचार बनाएका थिए ।

यो घटनाबाट कोही कसैबाट फोन नआएको पनि प्रहरीले स्पष्ट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here