प्रदेश २ का मन्त्री यादवले दिए दाजुलाई २३ योजना

345

जनकपुर- प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् । यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको हो ।

विभिन्न शीर्षकका ती योजना ५ लाखदेखि १ करोड रुपैयाँसम्मका छन्। कान्तिपुरलाई प्राप्त मन्त्रालयको चौमासिक विभाजन फारममा २३ वटै योजना सिफारिसकर्तामा मन्त्री यादव र कैफियतमा सम्पर्कव्यक्ति भनी श्यामनन्दनको नाम र मोबाइल नम्बर लेखिएको छ। सबै योजना सिरहा जिल्लाकै हुन्।

यसमा सुखीपुर नगरपालिका, सिलर्वापदवारीको इतहादु आधारभूत विद्यालयका लागि ७ लाख, औरही गाउँपालिकाको खजनपुर पिपरामा जनता आधारभूत विद्यालयका लागि २५ लाख, जनता मावि बरियारपटीको ८ कोठे भवन, कम्प्युटर ल्याब र पर्खाल निर्माणका लागि १ करोड र बरियारपटी(४ मा सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँका योजना छन्।

यस्तै सिरहाको महेशपुरस्थित आधारभूत विद्यालयको पर्खाल निर्माणका लागि १० लाख, इँटाटारको आधारभूत विद्यालयको भवन र पर्खाल बनाउन ५० लाख, बरियापटी(२ स्थित खोक्सी मदरसाका लागि १० लाख, औरहीको सुन्दर जनता माविका लागि ५० लाख, तेनिवाकट्टीमा कब्रिस्तानको पर्खाल बनाउन ५ लाख र सिरहामा रमेश महतो स्मृति मावि फुलबरियाको पर्खाल बनाउन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेश सांसदहरूसँग पनि रहेको यो फारमबारे मन्त्रालयले भने अनभिज्ञता जनाएको छ। मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरले मन्त्रालयमा भर्खरै आएकाले चौमासिक विभाजन फारमबारे आफूलाई जानकारी नरहेको बताए। प्रदेशसभामा कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले नामै किटेर बजेट जिल्ला पठाइएको आरोप लगाएका थिए।

मन्त्री यादवकै सिफारिसमा श्यामनन्दनले पाउने गरी सिरहा(१६ माडरमा दुर्गामाता धर्मशालाका लागि १० लाख, सिरहा(२ मा अतिथि सदन निर्माणका लागि ५० लाख रुपैयाँ पुँजीगत बजेटअन्तर्गत विनियोजन गरिएको छ। यस्तै चालु खर्चअन्तर्गत सिरहाको नवराजपुर(३ स्थित दलित उत्पीडित जनजाति आधारभूत विद्यालयको भवन, पर्खाल र शौचालय निर्माणका लागि २० लाख, मिर्जापुरमा सहिद प्रमोद सदाय स्मृति विद्यालयका लागि १५ लाख, बरियापटीमा शिव मन्दिरका लागि १० लाख, डाकनेश्वरी(६ मा सामुदायिक भवन निर्माणका लागि २५ लाख रुपैयाँका योजनामा पनि यादवको सिफारिसमा श्यामनन्दनलाई सम्पर्कव्यक्ति तोकिएको छ।

श्यामनन्दन सिरहाको औरही माविका शिक्षक हुन्। उनले भने योजनामा आफ्नो नाम र नम्बर उल्लेख भएकोमा अनभिज्ञता दर्शाए। ुसामाजिक विकास मन्त्रालयले मेरो नाम योजनामा किन राख्यो, मलाई थाहा छैन,ु उनले बिहीबार कान्तिपुरसँग भने, ुअहिलेसम्म कसैले सम्पर्क पनि गरेको छैन। उपभोक्ता समितिले पनि मसँग कुनै सम्पर्क गरेको छैन।ु

नेकपाका सांसद दिलीप साहले बजेट रकमान्तर गरेर व्यक्तिको नामै किटेर योजना पठाउनु विकासका लागि नभई आफ्न्त र कार्यकर्ता खुसी पार्ने काम मात्र भएको जनाएका छन्।

सिरहाको तनुवाकटीमा जनकल्याण युवा क्लबद्वारा सञ्चालित शिव मन्दिरको पर्खाल निर्माणका लागि २५ लाख, करमनियामा अवधि(फेकनी आधारभूत विद्यालयका लागि २५ लाख, विष्णुकटीमा तुलसीराम सत्यभामा डोटेल माविका लागि २० लाख, कृष्णपुर अर्नामा माविका लागि १० लाख, सिरहाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा विकास गर्न भौतिक पूर्वाधार, उपकरण र औजारमा अनुदानबापत ५० लाख, सिरहाको थाना चोक फुलबरिया र जगतपुरको बीचमा सहिद रमेश महतो द्वार निर्माणका लागि १० लाख र लहान बाल अस्पतालको भवन र पर्खाल निर्माणका लागि २५ लाख रुपैयाँका योजना श्यामनन्दनका नाममा छन्।

मन्त्री यादवले भने सामाजिक विकास मन्त्रालयअन्तर्गतको कागजात रहेकाले आफूलाई त्यसबारे केही थाहा नभएको बताए। ुत्यसबारे सामाजिक विकास मन्त्रालयसँगै सोध्नुस्। मेरो नाम किन राख्योरु मलाई थाह भएन,ु उनले भने। कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here