काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतका कारण विकास निर्माण प्रभावित हुने गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
राष्ट्रिय योजना आयोगको बैठकमा प्रधानमन्त्री ओलीले अदालतको स्थगन आदेशका कारण विकास निर्माणको काम अवरुद्ध भइरहेको जनाएका हुन्।
उनले विकास, निर्माणको कामलाई तीव्रता दिन आवश्यक कानुनहरुको संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै विकास, निर्माणको कामलाई गति दिन पूराना संरचनाहरुमा सुधार गर्न जरुरी रहेको पनि जनाए ।
‘कस्तामा रोक्न पाइने कस्तामा रोक्न नपाइने, विकास जस्ता महत्वपूर्ण कामका विरुद्ध एउटा रिट हालिदिन्छ । त्यसपछि स्थगत आदेश भइहाल्छ, योजना आयोगको उपाध्यक्ष समेत रहेका ओलीले अगाडि भने, ‘स्थगन आदेश भएपछि कति समयसम्म विकास प्रयायसहरु अवरुद्ध हुने मात्र होइन, नोक्सान परिरहेको हुन्छ । जनशक्ति खेर जान्छ । कसैले यन्त्रहरु भाडामा लिएको रहेछ भने तत्काल फिर्ता गर्न पनि सक्दैन, राखिरहँदा भाडा तिरिरहनु पर्ने अवस्था छ ।’

















