अब नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन

102

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ। सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ।

‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’, प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ भने, ‘नेपालमै मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस्डु गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो।’

रिफर्बिस्डु अर्थात् पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य हो। त्यसका लागि प्राधिकरणले एभरेस्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता नियुक्त गरेर सम्भाव्यता अध्ययन गर्न दिएको निर्देशक श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार मोबाइल आयातलाई केही हदसम्म भए पनि रोक्न सकिन्छ कि भन्ने उद्देश्यले अध्ययन सुरु गरिएको हो। मोबाइल बर्सेनि करिब ५० आयात भइरहेको छ।

पछिल्लो तीन वर्ष ९०७३, ०७४,०७५० मा क्रमशस् ५० लाख, ४८ लाख र ४५ लाखको हाराहारीमा मोबाइल सेट आयात भएको प्राधिकरणको तथ्यांक छ। ‘विस्तारै आयातमा कमी आएको भए पनि विदेशबाट धेरै आयात हुने वस्तुमा मोबाइल तेस्रो नम्बरमा पर्छ’, श्रेष्ठले भने, ‘बर्सेनि २५ अर्बभन्दा बढीको मोबाइल फोन सेट भइरहेको छ।

नेपालभित्रै एसेम्बल्ड वा रिफर्बिस्डु गर्ने सके त्यसको १० प्रतिशत मात्रै पनि बचत गर्न सकिने निर्देशक श्रेष्ठ जनाएका छन्।अन्नपूर्ण पोस्ट दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here