राष्ट्रपतिद्वारा विश्व नेताहरु सम्मेलित गोलमेच सम्मेलनमा सम्बोधन

88

काठमाडौ, चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ड एण्ड रोड फोरमको गोलमेच सम्मेलनमा सम्बोधन गरेकी छिन् ।
शनिबार विश्वका नेता नेताहरुको उपस्थितमा यूएन २०३० एजेन्डा कार्यान्वयनका लागि हरियाली प्रवद्र्धन र दीगो विकास विषयक सम्मेलनमा उनले सम्बोधन गरेकी हुन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर कम गर्न वैज्ञानि अनुसन्धानको माध्यमबाट स्वच्छ उर्जा उत्पादनमा जोड दिँदै कार्वन उत्सर्जनलाई कम गर्ने बाटो तर्फ अघी बढ्नुपर्नेमा जोड दिएकी थिइन् । उनले दीगो विकासको लक्ष्य पुरा गर्नका लागि राष्ट्रहरुकाबीचमा सहयोग अभिवृद्धिमा जोड दिएकी छिन् । उनले बेल्ट र रोड इनिसिएटिभको माध्यमबाट विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न सकिने बताइन् ।
राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभले गरिबी निवारण, रोजगार सिर्जना, पूर्वाधार निर्माण, औधोगिक परिवर्तका लागि मुख्य मूभिमा खेल्ने बताएकी छिन् । यसले नेपालको आर्थिक परिवर्तनलाई विस्तार गर्दै नेपालको अर्थतन्त्रलाई विश्वबजारसम्म पहुँच पुर्याउन सघाउने उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here