राष्ट्रपति भण्डारीको चीन भ्रमणले अब चिनिया राष्ट्रपति सि जिन पिङ नेपाल आउने सम्भावना बढ्दै

620

काठमाडौं / परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालका विभिन्न भौतिक पूर्वाधार लगायतका क्षेत्रमा चिनले चासो बढाउँदै गएको जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चिन भ्रमण जारी रहेका बेला नै श्रेष्ठले अब चिनिया राष्ट्रपति सि जिन पिङ नेपाल भ्रमण आउने सम्भावना रहेको जनाए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रममा कुटनीतिज्ञ श्रेष्ठले चीनले नेपालको विकासमा लगानी बढाउन चाहेको जिकिर गरेका हुन् । राष्ट्रपति भण्डारीको विआरआई सम्मेलनमा सहभागिताले नेपाललाई धेरै फाइदा हुने श्रेष्ठको तर्क छ ।

श्रेष्ठले चीनसँगको सम्बन्ध मजबुत बन्दै जाँदा नेपालमाथि कसैले पनि नाकाबन्दी लगाउने हिम्मत गर्न नसक्नेसमेत जनाए ।

चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तरराष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तरराष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ । नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् ।

शनिबार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् । तीमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ वटा परियोजना छन्, जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here