काठमाडौं महानगरबाट अख्तियारले कागजहरु कब्जामा लियो

302

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ फागुन २२ गते भएको सम्झौताको सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ ।

मेयर विद्यासुन्दर शाक्यले नेतृत्व गरेको महानगरपालिकामा खुलामञ्च अतिक्रमणको विवादले नयाँ रुप लिने सम्भावना देखिएको छ ।

आईतबार दिउँसो महानगरको मुख्यालयमा पुगेको टोलीले विवादित खुला मञ्चको सटर भाडामा दिएको विषयबारे सम्पूर्ण कागजात नियन्त्रणमा लिएको थाहा भएको छ । टोलीले सम्झौतापत्र र संरचना निर्माण गर्न दिएको अनुमतिपत्र लगायतका काजगात छानविबनको लागि नियन्त्रणमा लिएको जनाइएको छ ।

टोलीले कामपाले संरचना निर्माणको विषयमा समेत जानकारी लिएको थियो । महानगरले खुलामञ्चमा शौचालय, एउटा क्यान्टीन र टिकट काउन्टर लगायत ६ वटा संरचना निर्माण गर्न स्वीकृत दिएको थियो ।

कामपाले गत शनिबार खुलामञ्चको संरचना डोजर लगाएर भत्काएको थियो ।

खुलामञ्चको विषयमा थप निर्णय गर्न हिजो बोलाइएको अनुगमन समितिको बैठक पनि रोकिएको छ । उपमेयर हरीप्रभा खड्गी अध्यक्ष रहेको ५ सदस्यीय कमिटीमा कोरम नपुगेपछि दुई पटक स्थगित भएको थाहा भएको छ ।

समितिमा प्रमुख प्रशासकीय अधिकृत, १४ नम्बर वडा अध्यक्ष, ३२ वडाका सदस्य र भौतिक विकास विभागका प्रमुख सदस्यसचिव थिए । बिहान ८ बजे र ११ बजे बोलाइएको बैठक कोरम नपुगी स्थगित गर्नुपरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here