नौ दिनपछि रिनाको शव अन्त्येष्टि, संघर्ष समितिले रोक्न खोज्दा परिवारले गरेन सहयोग

256

विराटनगर- मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा डेरा बसेको घरमुनी नग्न अवस्थामा मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको न्यायका लागि आन्दोलन गर्न भन्दै गठन भएको संघर्ष समिति विघटन भएको छ ।

रिनाको शव भेटिएको नौ दिनपछि आइतबार आफन्तले दाहसंस्कार गरेपछि कबिता पराजुली संयोजकत्वको संघर्ष समिति विघटन गरिएको हो ।

शव भेटिएको नौ दिनपछि आइतबार आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा अन्त्येष्टि गरेका छन् । ‘हामीले रिनाको न्यायका लागि आन्दोलन गर्दा उहाँको परिवारबाट सहयोग भएन,’ संघर्ष समिति संयोजक पराजुलीले भनिन्, ‘परिवारको सहयोग नपाएपछि संघर्ष समिति विघटन गरियो ।’

न्यायका लागि प्रहरीलाई दवाव दिन केही दिन शवको अन्त्येष्टि नगर्न दवाव दिँदै आएको संघर्ष समितिले आफूहरुसँग सल्लाह नगरी अन्त्येष्टि गरिएको भन्दै दाहसंस्कारमा सहभागी भएन ।

रिनाको शव गते डेरा अगाडी विभत्स अवस्थामा फेला परेको थियो । स्थानीयबासीले बलात्कारपछि हत्या भएको आशंका गरे पनि प्रहरीले भने घरको छतबाट खसेर मृत्यु भएको जनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here