चिट चोर्न नपाएपछि सबै विद्यार्थी फेल

137

एजेन्सी  / भारतको युपी बार्डका विद्यार्थीले कलेज र प्लस टुको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको समाचार भारतीय मिडियामा आइरहेता पनि तर हालै यसको नतिजाबारे अचम्मको खुलासा भएको छ ।
यो बोर्डमा सूचीकृत एक सय ६५ विद्यालय एवं कलेजका एकजना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् । यस्तै, ३ सय ८८ विद्यालयको नतिजा २० प्रतिशत मुनी छ । ‘बोर्ड परीक्षामा चिट चोर्न नपाउने कडा नियम लागू गरेपछि यस्तो नतिजा देखा परेको हो,’ युपी बोर्डका अध्यक्ष विनय कुमार पाण्डेले जानकारी दिए । करिव २० प्रतिशतभन्दा कम नतिजा ल्याउने ३ सय ८८ विद्यालयमध्ये १ सय ३९ प्लस टु विद्यालय थिए भने २ सय ४९ कलेज थिए । कुनै पनि विद्यार्थी पास नहुने स्कूलमध्ये ५० सरकारी, पाँच अर्धसरकारी र ८४ नीजि विद्यालय थिए भने १५ सरकारी, ५८ अर्धसरकारी र १७६ वटा नीजि कलेज समावेश छन् ।
भारतको युपी बार्डका विद्यार्थीले कलेज र प्लस टुको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको समाचार भारतीय मिडियामा आइरहेता पनि तर हालै यसको नतिजाबारे अचम्मको खुलासा भएको छ । यो बोर्डमा सूचीकृत एक सय ६५ विद्यालय एवं कलेजका एकजना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् । यस्तै, ३ सय ८८ विद्यालयको नतिजा २० प्रतिशत मुनी छ । ‘बोर्ड परीक्षामा चिट चोर्न नपाउने कडा नियम लागू गरेपछि यस्तो नतिजा देखा परेको हो,’ युपी बोर्डका अध्यक्ष विनय कुमार पाण्डेले जानकारी दिए । करिव २० प्रतिशतभन्दा कम नतिजा ल्याउने ३ सय ८८ विद्यालयमध्ये १ सय ३९ प्लस टु विद्यालय थिए भने २ सय ४९ कलेज थिए । कुनै पनि विद्यार्थी पास नहुने स्कूलमध्ये ५० सरकारी, पाँच अर्धसरकारी र ८४ नीजि विद्यालय थिए भने १५ सरकारी, ५८ अर्धसरकारी र १७६ वटा नीजि कलेज समावेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here