चीनसँग प्रोटोकल सम्झौतामा हस्ताक्षर

169
President BidhyaDevi Bhandari

बेइजिङ / नेपाल र चीनबीच यातायात र पारवहनसम्बन्धी प्रोटोकल कार्यान्वयनमा सम्झौता भएको छ । प्रोटोकल सम्झौतामा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावाली र चीनका तर्फबाट उनका समकक्षी लि छियाङपेङले हस्ताक्षर गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा स्वागत गर्दै चिनियाँ समकक्षी सी चिनफिङ । दुईपक्षीय बैठकपछि दुवै राष्ट्रपतिको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालले चीनका समुद्री बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुलेको छ । अहिलेसम्म समुद्री पहुँचमा नेपाल भारतनिर्भर रहँदै आएको छ । चार वर्षअघि दक्षिणी छिमेकी भारतले नाकाबन्दी थोपरेपछि नेपालले उत्तरी छिमेकीसँग नाका खोल्न पहल गरेको थियो । नेपालले ढिला गरी तयार गरेको प्रोटोकलमा हस्ताक्षर भएको हो ।

प्रोटोकलमा हस्ताक्षरपछि भ्रमण दलका सदस्य एवं युवा नेता योगेश भट्टराईले व्यापार तथा पारवहनका लागि चिनियाँ बन्दरगाह प्रयोग गर्दै तेस्रो विश्वसँग सम्बन्ध स्थापित गर्ने हैसियत नेपालको बनेको प्रतिक्रिया दिनुभयो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here