जासुसी आरोपका कारण जेलभित्रै आत्महत्या

92

एजेन्सी  / संयुक्त अरब इमिरेट्स (यूएई) को जासुसीको आरोप लागेकाले एक व्यक्तिद्धारा टर्कीको जेलमै आत्महत्या गरेका छन् । यसबारे टर्कीको सरकारी एजेन्सी एनादोलुले सोमबार जानकारी दिएको छ । तर ती युवकका दाइले उनको हत्या भएको बताउँदै भाइको बदनाम गरिरहेको दाबी गरेका छन् । टर्कीका मुख्य अभियोजकले मृतकको पहिचान जाकी हसनको रुपमा गरेका छन् । उनलाई राजनीतिक र सैन्य जासुसीका लागि राज्यको गोप्य दस्तावेज राखेको आरोपमा पक्राउ गरिएको हो । हसनका आफन्तका अनुसार उनीलगायत अन्य एक व्यक्तिलाई अप्रिल ४ र ५ तारिखमा पक्राउ परेको थिए ।

यूएईको जासुसीको आरोप लागेका यी दुई कतै जमाल खसोग्गीको हत्यामा संलग्न त छैनन् भनेर पनि अनुसन्धान भइरहेको टर्कीका अधिकारीलाई उद्धृत गर्दै एनादोलुले जनाएका छन् । अभियोजकका अनुसार इस्तानबुल सिलिभ्री प्रिजनका सुरक्षाकर्मीले बिहान १० बजेर २२ मिनेट जाँदा खाना बाँड्न जाँदा हसनलाई देखेका हुन् ।

अभियोजकको कार्यालयले अनुसन्धान थालनी गरिएको जानकारी दियो । सिएनएनले यसबारे प्रतिक्रिया माग्दा यूएईले बोल्न अस्विकार गरेको छ । उनका परिवारका अनुसार हसन ९ सन्तानका प्यालेस्टिनी पिता हुन् । उनी गुप्तचरका अवकाशप्राप्त प्रमुख हुन् । उनी गाजास्थित प्यालेस्टिनी निकायका लागि काम गर्दथे ।

हसनलाई बुल्गेरियामा राजनीतिक शरण दिइएको थियो साथै मार्चमा उनको प्यालेस्टिनी पासपोर्टमा टर्कीमा बस्ने अनुमती दिइएको थियो । उनका दाइ, जकरिया हसनले सीएनएनलाई भने, ‘जाकीको हत्या गरिएको हो, उनले आत्महत्या गरेका होइनन् ।’
‘मेरा भाइ सहिद भएकाले बदनाम गरिएको हो । उनीहरुले मेरो भाइको हत्यामात्रै गरेनन्, उनको बदनामसमेत गरिरहेका छन्,’
‘उनका ९ सन्तान रहेको छ, राजनीतिक विज्ञानमा विद्यावारिधी गरेका र गुप्तचर निकायका अवकाशप्राप्त प्रमुख थिए । किन आत्महत्या गर्छन् ?’ हसनले सीएनएनलाई धारणा राखे । पक्राउ परेका दोस्रो व्यक्तिको नाम समर साबान थियो । उनकी श्रीमती समिह साबानले समरले सन् २००८ मा गाजा छोडेका कारणले हमासले उनीमाथि प्यालेस्टिनी प्रधानमन्त्री इस्मेल हानिएको हत्याको षड्यन्त्र रचेको आरोप लगाएको भएता पनि  उनका परिवार उक्त आरोप ठाडै अस्विकार गरेका थिए ।

‘म मेरा श्रीमान्को तत्काल रिहाई चाहन्छु । उनको यसमा कुनै पनि संलग्नता देखिँदैन । यस्तो झुटो आरोपविरुद्ध लड्नका लागि टर्की सरकार र मिडियाले सघाउनु पर्छ,’ साबानले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here