ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, ट्रक तोडफोड

282

धनगढी- कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की बजार नजिक ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा सोही स्थानकी १९ वर्षीया सुनिता रावलको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्किले जनाएको छ।

ट्रकको ठक्करबाट किशोरीको मृत्यु भएपछि स्थानीयहरूले ट्रक तोडफोड गरेका छन्। दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here