मुख्यमन्त्री पोख्रललाई निसाना गर्दै आज पनि बम बिष्फोट

193

काठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी गुड्रदै गरेको सडक नजिकै रोल्पामा आज पनि बम बिष्फोट भएको खबर प्राप्त भएको छ। गैरीगाउँस्थित राँकेडाँडामा आज मंगलबार विहान ११ बजे बम बिष्फोट भएको हो।

मुख्यमन्त्री शंकर पोखरेल सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागी हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिष्फोट भएको जनाईएको छ।

पाल्लो पखेरास्थित गहुँबारीमा मुख्यमन्त्री हिँडेकै सडक नजिक हिजो सोमबार पनि बम बिष्फोट भएको थियो। रोल्पा नगरपालिका–४ रुन्टाबाङ र तित्रिकोट गाउँको बीच जंगल क्षेत्रमा बिष्फोट भएको थियो। बिष्फोटपछि धुवा र धुलो उडेको थियो। सोमबार भएको बिष्फोटको विप्लव नेतृत्वको नेकपाले लिइसकेको जनाईएको छ।

सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्वको नेकपाले सरकार बिरुद्ध पनि निषेध गर्ने चेतावनी दिएको थियो । बिष्फोट का गतिबिधिले अब आवागमनमा समेत असुरक्षा हुने अवस्था बिकसित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here