राष्ट्रपति भएदेखि डोनाल्ड ट्रम्पले बोलेका १० हजार झूट

394

न्यु योर्क/ सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए । सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी दिएको हो । राष्ट्रपतित्व कालका पछिल्ला महिनामा ट्रम्प झनै झूटो दावी गर्न थालेको पत्रिकाले जनाएको छ ।

ट्रम्पले कार्यभार सम्हालेको ६०१ दिनमा ५ हजार झूट बोलेका थिए । त्यो हिसाबमा उक्त अवधिमा उनले औसतमा दैनिक ८ वटा झूट बोले । त्यसपछिका २२६ दिनको समयमै ५ हजार झूटो कुरा बोले । त्यसपछिका पछिल्ला २२६ दिनमा ट्रम्पले दैनिक २३ झूटो दावी प्रस्तुत गरे ।ट्रम्पको झूटो बोल्ने दर रुसको हस्तक्षेपबारे रोबर्ट मुलरको रिपोर्ट प्रकाशन भएको समयमा उलेख्य वृद्धि भएको पाइयो । त्यस्तै सिमानामा प्रस्ताव गरिएको पर्खालका कारण सरकारी कामकाज आशिंक बन्द हुदाँ पनि त्यस्तै वृद्धि देखिएको थियो । अर्को बढी झूट मध्यवर्ती चुनावको बेला भएका चुनावी प्रचारमा देखियो ।

ट्रम्पले गलत सूचना व्यक्त गर्ने प्याटफर्म दक्षिणपन्थी समाचार संस्था फक्स न्युजका अन्तरवार्ता र ट्वीट देखिएका थिए । वासिन्टन पोष्टले ट्रम्पले कस्ता विषयमा झूट बोल्छन् भन्ने कुराको पनि वर्गीकरण गरेको छ । पोष्टका अनुसार उनले बोल्ने कुल झूटमध्य पाँचमा एक आप्रवासन सम्बन्धी थियो । एउटै कुरा सबैभन्दा धेरै झूट सिमाना पर्खाल निर्माण भइरहेको छ भन्ने थियो । जबकि पर्खाल निर्माण सुरु नै भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here