विष्णु पौडेलमाथि प्रहार गरेर पार्टी र सरकारको बदनाम गर्न खोजिएकोमा प्रधानमन्त्री ओली आक्रोशित

437

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा आलीले महासचिव विष्णु पौडेलको नाम जोडेर पार्टीलाई बदनाम गर्न खोजिएकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।

 सत्तासीन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा संसदीय दलका  महासचिव पौडेलमाथि आक्रमण भएकोमा आपत्ति जनाउँदै आक्रोश व्यक्त गर्नुभएको हो ।

पौडेलले कानूनसम्मत किनेको जग्गालाई लिएर पार्टी र सरकारलाई बदनाम गर्ने कोशिश भएको भन्दै त्यसको प्रतिवाद गर्न ओलीले सांसदहरूसँग आग्रह गर्नुभएको थियो । राजाको प्रत्यक्ष शासनकालमा व्यक्तिबाट जग्गा किनेको ओलीको दाबी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here