पुरष मात्र हुने मञ्च बहिष्कार गर्न आह्वान

75

ललितपुर / महिला अधिकारकर्मी, राजनीतिज्ञ, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको उपस्थितीमा पुरुषमात्रै भएको मञ्च बहिस्कार गर्ने अभियान सुरु गरिएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच पुरुषमात्रै भएको मञ्च बहिस्कार गर्ने अभियान सुरु गरिएको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ‘पुरुषमात्र हुने मञ्च बहिस्कार गरौं’ अभियानको सुरुवात गर्दै अभियानपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सीड कमिटीका उपाध्यक्ष बन्दना राणा मुख्य अभियन्ता रहेको उक्त अभियानको प्रमुख अतिथि समेत रहेका उपप्रधानमन्त्री पोखरेलले उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कागजमा मात्रै नभइ मनदेखि अभियानको सुरुवात गरेको जनाउनुभयो ।

उहाँले संविधानले नै महिलालाई पुरुष सरह सबै ठाउँमा सहभागिता हुने हक दिएको उल्लेख गर्दै हरेक मञ्चमा महिलाको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । ‘म आफू जाने कार्यक्रममा पनि महिलाको उपस्थितीबारे प्रश्न राख्छु । आफू मातहतका कार्यक्रममा पनि सहभागिता कार्यान्वयन गराउँछु ।’ –उहाँले भन्नुभयो ।

अभियानमा ऐक्यवद्धता जनाउँदै उक्त कार्यक्रममा उपस्थित सहभागीले पनि ‘पुरुषमात्र हुने मञ्च बहिस्कार गरौं’ अभियानमा हस्ताक्षर समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here