सेल्फी लिनेक्रममा रेलले लियो ३ किशोरको ज्यान

24

नयाँदिल्ली / भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ । प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको जानकारी दिए । ती युवा एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए ।

मृत्यु भएकामध्ये दुई जना १९ वर्षका र एक जना १८ वर्षका थिए । गतवर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर सेल्फी लिनेक्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here