स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री

128
प्रधानमन्त्री ओली

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका लागि स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध रहेको जनाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा जनाएका हुन् ।

मजीवीहरुको हक–अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनमा सरकार लागेको उनले सन्देशमा उल्लेख गरेका छन् । यही क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

देशभित्र रोजगारी सिर्जना गर्ने काममा पनि सरकारले गम्भीरतापूर्वक काम गरेको प्रधानमन्त्रीको भनाइ छ । देशभित्र रोजगारी सिर्जना गर्ने उद्देश्यकै लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको जानकारी दिँदै उनले यही आर्थिक वर्षभित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना हुने जनाए ।

प्रधानमन्त्री ओलीले आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै विश्वभर छरिएर रहेका नेपाली श्रमजीवीप्रति सुख, शान्ति र समृद्धिको शुभकामना प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here