काठमाडौं–नयाँ दिल्ली दैनिक दुई उडान सुरु

196

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि हरेक दिन काठमाडौं–नयाँ दिल्ली दुई उडान सुरु गरेको छ । भारतीय विमान कम्पनी जेट एयरलाइन्सको उडान स्थगित हुँदा यात्रुको चाप बढ्नथालेपछि निगमले उडान बढाएको हो ।

यस अघि सातामा ११ वटा उडान गर्दै आएको निगमले अबदेखि सातामा १४ वटा उडान गर्ने भएको छ ।

निगमले आवश्यकता अनुसार भारतका अन्य ठाउँको उडानपनि बढाउने तयारीमा रहेको जनाएको छ ।

दुईवटा वाइडबडी र दुईवटा न्यारो बडीबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले जहाज अभावका कारण थप गन्तव्य बढाउन समस्या भइरहेको जनाएको छ ।

निगमले हाल विभिन्न आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । यसबाहेक करिब डेढ दशकपछि आगामी असार १९ गते निगमले जापानको ओसाकामा उडान गर्ने तयारी गरेको छ । ओसाका उडानको तालिकासमेत निगमले सार्वजनिक गरिसकेको छ ।

निगमकाअनुसार त्यहाँ सातामा तीनवटा उडान हुनेछ । निगमले दिल्लीबाहेक भारतको मुम्बई र बेङ्गलोरमा उडान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here