बैशाखभित्रै रिङरोडमा सुविधायुक्त विद्युतिय गाडी, जहाँ गए पनि २० रुपैंयाँ मात्र

233

काठमाडौं- सुन्दर यातायात प्रालिले बैशाखभित्रै रिङरोडमा विद्युतिय  गाडी चलाउने भएको छ । नीतिगत अस्पष्टताका कारण ३ महिनादेखि थन्किएको दुइ वटा विद्युतीय गाडी सञ्चालनको अन्तिम तयारी भइरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

‘उर्जामन्त्री वर्षमान पुनले एक साताभित्र महसुल निर्धारण गरी दिने जनाएका छन् । सायद यहि महिनाभित्र गाडी चल्छ,’ थापाले भने ।

हाल २ वटा मात्र गाडी रहे पनि गाडी सञ्चालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने थापाले जनाएका छन् ।शुरुमा रिङरोडमा सञ्चालन गरिने यी सवारी विस्तारै अन्य शाखा बाटोमा पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ । प्रालिले रिङरोडभित्र जाहाबाट जहाँ पुगे पनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैयाँ छुट दिने बनाएको छ ।

भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पेबाट तिर्न सकिने थापाले जनाएका छन् । गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसीलगायतको सुविधा छ भने गाडी कतै पनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने थापाले जानकारी दिएका छन् ।

कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्रयाई सकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here