ग्लोबल आइएमई बैंकको निःशुल्क आँखा जाँच शिविर सञ्चालन

231

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७६ बैशाख १४ गते सुनसरी जिल्ला,कोशी गाँउपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन  गरेको छ ।

ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो । बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ । उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको बिराटनगर आँखा अस्पताल, बिराटनगरमा निःशुल्क शल्यक्रिया पनि गरिएको छ । निम्न आयस्तर भएका तथा अति पिछडिएका आँखाका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको होे ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here