राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ : प्रधानमन्त्री ओली

223

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने हैसियत भएको जिकिर गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको बचाउ गरेका छन् ।

राष्ट्रपति भण्डारीले सम्बोधन गर्दा मेरो सरकार

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन् । राष्ट्रपति भण्डारीले मेरो सरकार भन्दा के को आपत्ति भन्दै प्रधानमन्त्री ओलीले यो अन्तराष्ट्रिय रुपमै चलिआएकोे प्रचलन भएको जनाए ।

बौद्धिक वर्गले समेत आलोचना गरेको देख्दा आफु अचम्मित भएको प्रधानमन्त्रीको भनाई थियो ।

पछिल्लो समय नेपालमा जहाँ र जसरी पनि विरोध गर्नै पर्छ भन्ने अभ्यास र मान्यता स्थापित भएको प्रधानमन्त्री ओलीको दावी थियो ।

राष्ट्रपतिले राष्ट्र र देशको प्रमुखका हैसियतले त्यसलाई आफ्नो सरकारको रुपमा अभिव्यक्ति गर्ने अन्तराष्ट्रिय प्रचलन रहेको भन्दै उनले अर्को पार्टीको सरकार भए पनि राष्ट्रपतिले सम्बोधन गर्दा मेरो सरकार नै भन्ने व्याख्या गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here