राजधानीको टुङ्गो नलगाई सकियो प्रदेश ५ को तेस्रो अधिवेशन

73

रुपन्देही – प्रदेश नम्बर ५ को तेस्रो अधिवेशन आइतबारदेखि सकिएको छ । मंसिर २३ गते देखि सुरु भएको अधिवेशन प्रदेशको नामाकरण र स्थायी राजधानीबारे कुनै टुंगो नलगाई सकिएको हो ।

अधिवेशनमा ३८ बिधेयक पारित भएको सभामुख पूर्णबहादुर घर्तिमगरले जानकारी दिए । यो अधिवेशनले देशको नामाकरण र स्थायी राजधानी तोक्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन ।

जिल्ला जिल्लामा पुगेर सुझाव संकलन गरेका उपसमितिका सदस्यहरुले एकीकृत प्रतिवेदन समितिका बुझाएका थिए । तर राजधानी तोक्दा सुरक्षा, मौसम र भुगोललाई पनि ध्यान दिनुपर्ने भन्दै विशेष समितिले विज्ञसँग छलफल गर्नुपर्ने निर्णय लिएको सभापति संयोजक दीपेन्द्र पुनले जनाए ।

उपसमितिले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी रुपन्देही या दाङ हुनुपर्ने सुझाव सहितको प्रतिवेदन विशेष समितिमा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here