बेलायतमा सर्वसाधारणले प्रयोग गर्न पाउने सुनको शौचालय बनाइदै

105

बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको शौचालय कमोड जडान गर्ने भएको छ ।  बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको शौचालय जडान गरिदैछ । द गार्जियनका अनुसार यो कमोड १८ क्यारेट सुनले बनाउँदै छ ।  इटालियन कलाकार मौरिजो क्याटिलेनद्वारा सो शौचालयको निर्माण गरिएको हो र उनकै एकल कला प्रदर्शनीका रुपमा ब्लेनहाइम दरबारमा सो शौचालय जडान गर्न लागिएको हो । उनको एकल कला प्रदर्शनीमा अन्य विभिन्न कलाकृति समेत रहने भएतापनि सुनको शौचालय सबैभन्दा विशेष रहनेछ । यो सुनको शौचालयको नाम अमेरिका हो । स्मरण रहोस् अक्सफोर्डशायर स्थित ब्लेनहाइम दरबार विंस्टन चर्चिल जन्मिएको घर हो । ब्लेनहाइम आर्ट फाउन्डेसनका संस्थापक स्पेन्सर चर्चिलका अनुसार उक्त सुनको शौचालयको सुरक्षाका लागि पर्याप्त बन्दोबस्ती गरिनेछ । समाचार अनुसार आम सर्वसाधारणले पनि सो शौचालयको उपयोग गर्न पाउनेछन् । सुनको शौचालय प्रयोग गर्नका लागि पहिले ने बुकिंग गर्नुपर्ने हुन सक्दछ ।

उक्त सुनको शौचालय यसअघि एकपटक तब चर्चामा आएको थियो जब सन् २०१७ मा न्युयोर्कको गुगेनहाइम संग्राहलयले अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यो शौचालय उपहार दिने बताएको थियो । त्यसबेला गुगेनहाइममा क्याटिलेनको कला प्रदर्शनी चलिरहेको थियो र त्यो सुनको शौचालय पनि राखिएको थियो । ट्रम्पले भ्यान गगको पेन्टिङ्ग मागेका थिए र त्यसको जवाफमा संग्राहलयले सुनको कमोड दिने बताएको थियो । तर त्यो त्यत्तिके टर्यो । ब्लेनहाइम दरबार युनेस्कोको विश्व सम्पदा सूचिमा पनि रहेको छ । त्यसैले त्यहाँ जडान हुने सुनको शौचालय पनि त्यहाँको निकै महत्वपूर्ण हिस्सा बन्नेछ । सुनको शौचालय जडान गरिने कला प्रदर्शनी आगामी अक्टोबर महिनामा ब्लेनहाइम दरबारमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here