१४ वर्षपछि भेटिए छोरीका वीर्यदाता पिता

88

अमेरिकाकी जेसिका नामकी महिलाको प्रेमकथा केही महिना पुरानो हो, तर निकै रोचक छ । जेसिकाले झण्डै १४ वर्षअघि सन् २००५ मा छोरी जन्माएकी थिइन् । त्यतिबेला गर्भाधारणका लागि उनले शुक्रकिट दाताको सहयोग लिएकी थिइन् । दाताबाट लिएको शुक्रकिटले गर्भाधारण गरी छोरी जन्माएकी जेसिकाले छोरीको नाम एलिस राखिन् ।

अहिले उनकी छोरी १४ वर्षकी भइन् । केही समयअघि एलिसले आफ्नो बुवा को हो रु भनेर जेसिकासँग सोधिन् । अनि बुवासँग भेटौँ भनेर जिद्दी गर्न थालिन् । छोरीको इच्छा पूरा गर्नका लागि जेसिकाले शुक्रकिट दाताको खोजी सुरु गरिन् । अन्ततः उनले अस्पताल तथा शुक्रकिट दान गर्नेसम्बन्धी वेबसाइटहरुको माध्यमबाट आफूले गर्भाधारण गरेको शुक्रकिट दिने दाता पत्ता लगाइन् । अर्थात् उनले आफ्नी छोरीको पिता अन्ततः पत्ता लगाएरै छाडिन् । जेसिकाका अनुसार उनले आमा बन्नका लागि शुक्रकिट बैंकमा गएर यस्तो पुरुष दाताको शुक्रकिटको माग गरिन् जो खेलकुद तथा अध्ययनमा रुचि राखोस् । शुक्रकिट बैंकले उनको इच्छा अनुसारको शुक्रकिट उपलब्ध गरायो । तर नियम अनुसार उनलाई दाताको परिचय गराइएन ।

उनले अन्जान दाताको शुक्रकिटबाट गर्भाधारण गरी छोरीसमेत जन्माएर हुर्काइरहेकी थिइन् । छोरी जान्ने भएपछि बाउको खोजी गर्न थालिन् । छोरीको इच्छा पूरा गर्न जेसिकाले निकै प्रयास गरिन् । उनले डिएनए वेबसाइटको सहयोग पनि लिइन् । कैयन् दिनको प्रयासपछि जेसिकाले छोरीको जैविक पिताको पहिचान गरेरै छाडिन् । छोरीका पिताको नाम आरोन रहेछ जो अमेरिकाको सिएटल सहरमा बस्दछन् । आरोन पनि केही बच्चाका पिता बनिसकेका रहेछन् । पेशाले उनी लेखक हुन् ।

आफ्नो छोरीको पिताको खोजी गरिसकेपछि उनीहरुको भेटघाट भयो । भेटपछि माया पनि बस्यो । अब छिटै नै उनीहरु डेटमा जाने आरोन बताउँछन् । त्यसपछि उनीहरुले बिहे गर्नेछन् । छोरीले नै कर गरेपछि उनीहरुले बिहे गर्ने भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here