आन फुटसल प्रतियोगितामा कान्तिपुर र मिडिया हब प्रि—क्वार्टरफाइनलमा

138

काठमाडौं / नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि दोस्रो नेपाल आईस आन फुटसल प्रतियोगिता प्रारम्भ भयो । प्रतियोगितामा व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाएका छन् । सानेपाको फिल्ड फुटसल शुरु प्रतियोगिताको पूर्व अध्यक्ष माधवराज तिमिल्सेना र अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ तथा चौधरि गु्रपका महाप्रवन्धक लालवावु प्रसादले संयुक्त रुपमा गरेका थिए । फुटसल प्रतियोगितामा समूह ‘जी’बाट कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्सले अन्तिम १६मा स्थान सुरक्षित गरेका छन् । कान्तिपुर अपराजित रहँदै अन्तिम १६ मा पुग्दा क्यूएफएक्सले कान्तिपुरसँग पराजित भएपनि प्रिज्मार्कसँग बराबरी र नयाँ पत्रिकालाई पराजित गरेर प्रि क्वार्टरफाइनलमा पुगेको हो ।

कान्तिपुर मिडिया ग्रुपले नयाँ पत्रिकामाथि २-० गोलको जीत हासिल गरि प्रतियोगिताको सुखद् शुरुआत गरेको थियो । यसैगरी कान्तिपुरले दोस्रो खेलमा प्रिज्मार्कलाई ३-२ गोलले निराश बनाउँदा क्यूएफएक्समाथि २-० को जीत हासिल ग¥यो । समूह ‘एच’ बाट मिडिया हब र एड रिलिजले प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । मिडिया हबले मार्समाथि २-१ गोल अन्तरले जित निकाल्दा की एड्भरटाईजिङमाथि १ का विरुद्ध १० गोल र एड रिलिजमाथि १-० को जीत निकाल्न सफल भयो । यसैगरी एड रिलिजले की एडभरटाईजिङलाई ६-० गोल अन्तरले पराजित गर्दा मार्समाथि ५-२ गोल अन्तरको जीत दर्ता गरेको आनका महासचिब राजु कुँइकेलले जानकारी दिए । प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘इ’ र ‘एफ’का समूह चरणका सबै खेल हुने छन् । समूह इ मा न्यूज-२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ्रे वैंक रहेका छन् । समूह एफ मा मिडिया वास्केट, पिक्सन इन्जिनियरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here