इडिभिको नतिजा आज सार्वजनिक हुँदै

103

काठमाडौँ – अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदै छ । गते असोज १७ गतेदेखि कात्तिक २० सम्म खुलाइएको आवेदनको नतिजा आज सार्वजनिक हुने भएको हो ।

इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ ।

अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here