एनसेल एक्जियटाका लेखा प्रमुख विमानस्थलबाट पक्राउ

175

काठमाडौं / निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल खरीद–बिक्रीबापतको पूँजीगत लाभकर सम्बन्धमा विवादित बन्दै आइरहेको छ । एनसेलको लगानीकर्ता मलेसियास्थित एक्जियटाका आन्तरिक लेखाप्रमुख रुविन दास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

उनी नक्कली अमेरिकी डलर १ सय सहित पक्राउ परेका छन् । बैंक काउन्टरमा भिसा शुल्कबापत नक्कली अमेरिकी डलर १ सय बुझाउने क्रममा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

मालिन्डो एयरको उडान नम्बर  0D184 मा मलेसियाबाट काठमाडौं आएका दासलाई विमानस्थलबाट सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  रुविन दासको फेसबुक वालमा उनको स्टाटस हेड अफ इन्टरनल अडिट, एनसेल एण्ड एक्जिएटा ग्रुप उल्लेख छ ।

विमानस्थल प्रहरीले राहदानी नम्बर A35334537 बाहक बर्ष ४६ का दासलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here