कोरियाली प्रायःद्वीपको विषयमा वार्ता हुने

119

सोल / कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ । दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ । अमेरिका र दक्षिणी कोरियाली यी दुई नेताबीच अप्रिल ११ को सम्मेलनपछि कोरियाली प्रायःद्वीपका विषयमा आआफ्नो विचार आदानप्रदान गर्ने ब्लु हाउसका प्रवक्ता को मिन जुङ्गले बताएका छन् । गत फेब्रुअरीमा भियतनामको हनोईमा उत्तर कोरियाली नेता किम जोङ् अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विना कुनै सम्झौता वार्ता टुङ्गिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here