साढे दुई वर्षीय बालकको घाँटी रेटी हत्या

238

धनुषा- धनुषामा अढाई वर्षीय बालकको घाँटी रेटी हत्या भएको छ। मिथिला नगरपालिका— ६ ढल्केवरका शम्भू साहका छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको हो।

सोमबार साँझदेखि घरबाट हराएका बालकको आफ्नै घर पछाडीको आँपको बगैँचामा मंगलबार बिहान घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको हो । ‘गाउँले र प्रहरी मिलेर बालकको रातीदेखि नै खोजी गरिरहेको थियो।

बालकको अपहरणपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here