‘प्रेमगीत’ चलचित्रका हिरो प्रदीपका लागि हिरोइन खोज्दै सन्तोष

101

काठमाडौं / दर्शकहरुले निकै विश्वास गरेको सिरिज हो— ‘प्रेमगीत’ । यस सिरिजको पहिलो फिल्मले निर्माता डुबाए पनि दर्शकलाई खुसी बनाएको थियो । दोस्रो भागले भने बक्सअफिसमा राम्रो आम्दानी ग¥यो । ‘प्रेमगीत’ को दास्रो भागले अभिनेता प्रदीप खड्कालाई स्टार बनाएको थियो । अब यस चलचित्रको तेस्रो भाग निर्माण गर्ने भएको छ । चलचित्रको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ ।

छेतेन गुरुङ र ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले मिलेर फिल्मको निर्देशन गर्दैछन् । ‘प्रेमगीत ३’ मा पनि अभिनेता प्रदीपले नै ‘प्रेम’ को भूमिका निभाउँदैछन् । उनको अपोजिटका लागि भने अभिनेत्रीको टुंगो लागेको छैन । यद्यपि, निर्माण टिमले नीति शाहलाई अप्रोच गरेको थियो । तर, उनले तत्काल चलचित्र नगर्ने घोषणा गरिसकेकी छन् ।

नीतिले प्रदीपसँग जोडी बाँध्न अस्वीकार गरेपछि निर्माता सेनले अब नयाँ अनुहार लिने भएको छ । चलचित्र निर्माण कम्पनी आशुसेन फिल्मस्ले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । सोमवार निर्माता सेनले जारी गरेको एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले चलचित्रको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन दिन सक्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here