अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इराकमा

169

एजेन्सी / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार अचानक इराकको राजधानी बग्दाद पुगेका छन् । इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुगेका थिए ।  विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्वसँग भेटेर इरानविरुद्ध दबाव दिने रहेको जनाइएको छ । पोम्पेओले छिमेकी मुलुक इरानको प्रभावबाट मुक्त गरी सार्वभौम इराकलाई अमेरिकाको सहयोग रहेको देखाउन चाहेको पनि बताएका छन् ।

जर्मनीको बर्लिनको पूर्व निर्धारित भ्रमण स्थगित गर्दै त्यहाँ पुगेका विदेशमन्त्री पोम्पेओले बग्दादमा चार घण्टा बिताएका छन् । उनले इराकी राष्ट्रपति बर्हाम सालेह र प्रधानमन्त्री अदेल अब्दुल महादिदसँग भेटवार्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here