बालुवाटार जग्गा प्रकरण: २५ रोपनी जग्गा भाटभटेनीका मालिकसहित तीन परिवारको नाममा

452

काठमाडौं- बालुवाटारबाट व्यक्तिका नाममा गएकामध्ये करिब २५ रोपनी जग्गा तीन परिवारका नाममा सीमित रहेको पाइएको छ। भूमाफिया भनेर किटान गरिएका भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादु गुरुङ र उनीहरूको परिवारका नाममा २५ रोपनीभन्दा बढी जग्गा देखिएको छ।

‘करिब ६० कित्ता जग्गा उनीहरूले आफ्नो, परिवारका सदस्य र सामूहिक स्वामित्वमा खरिद गरेको देखिन्छ’, भूमि व्यवस्थापन विभाग स्रोतले भन्यो, ‘उनीहरूले आफ्नो नाममा ल्याएर बेचेको जग्गाको हिसाबकिताव यसमा छैन। त्योसमेत जोड्ने हो भने अझै बढी जग्गा आफ्नो पञ्जामा पारेको देखिन्छ।’ भूमि व्यवस्थापन मन्त्रालयको निर्देशनमा डिल्लीबजार भूमिसुधार कार्यालयले ब्लकमा जग्गाधनीहरूको विवरण निकालेको छ, जसअनुसार पूर्वसचिव शारदाप्रसाद त्रिताले संयोजकत्वको समितिले भूमाफिया भनी किटान गरेका रामकुमार सुवेदी र शोभाकान्त ढकालको संयुक्त नाममा नौ कित्ताा जग्गा छ। यसको कुल क्षेत्रफल एक हजार सात सय २६।६६ वर्गमिटर छ, जुन तीन रोपनी सात आना हुन आउँछ।

बालुवाटारमै सरला गुरुङ, उमाकुमारी ढकाल र माधवी सुवेदीका नाममा तीन कित्ता जग्गा छ। कुल एक हजार चार सय ८।८८ वर्गमिटरको यो जग्गा दुई रोपनी १३ आना हो। उमाकुमारी र माधवीका नाममा थप तीन कित्ता जग्गा छ। दुई सय ४२।४५ वर्गमिटरको यो जग्गा आठ आना हो। यी तीनैजना बालुवाटारको जग्गामा मिलेमतो गरेका ढकाल, सुवेदी र गुरुङका परिवारका सदस्य हुन्। कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here