सोलमा त्रिपक्षीय वार्ता शुरु

30

सोल / दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता जनाएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयमा शुरु भएको एघारौं त्रिपक्षीय सुरक्षा वार्तामा कोरियाली प्रायःद्वीपमा निःशस्त्रीकरण, शान्ति, क्षेत्रीय सुरक्षालगायत एकापसको सहयोगका विषयमा वार्ता हुने अनुमान गरिएको छ । गत शनिबार उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसनबाट जापानी समुद्रमा छोटो दुरीको क्षेप्यास्त्र प्रहार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here