दिग्गज अभिनेता मृनाल मुखर्जीको निधन

277

काठमाडौं- अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा निधन भएको छ । मुखर्जीको ७४ वर्षको वर्षको उमेरमा निधन भएको हो ।

मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार अस्पताल पुर्‍याइएको पारिवारिक श्रोतले जनाएको छ ।

उनका दुई छोरी र एक छोरा छन् । उनकी जेठी छोरी जोजो मुखर्जी हुन् जो गायिका हुन् । अर्की छोरी टिना मुखर्जी मोडल हुन् भने छोरा डेबोप्रियो मुखर्जी नायक हुन् ।

मुखर्जी विगत पाँच दशकदेखि बंगाली फिल्मी क्षेत्रमा कार्यरत छन् । उनका दुई बोन, चुती, श्रीमान् पृथ्वीराज, ब्योमकेश, चिरियाखानालगायतका फिल्म चर्चित छन् ।

उनी बंगाली थिएटरका पनि चर्चित व्यक्तित्व हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here