सडक नबनेको भन्दै बौद्ध स्थानीयबासी आन्दोलनमा

103

काठमाडौं- लामो समयदेखि राजधानीको बौद्धमा सडक निर्माणमा नहुँदा स्थानीयबासी आक्रोशित भएका छन् । चाबहिलबाट बौद्ध जोड्ने सडक दुई वर्षदेखि कालोपत्रे नगरी अलपत्र छाडिएपछि स्थानीयबासी आन्दोलनमा उत्रेका हुन्।

स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ।

लामो समयदेखि पिच नगरी अलपत्र छाडिएको सडकले स्थानीयलाई सास्ती भएको छ । स्थानीय व्यसायी निश्चल बाँसकोटाका अनुसार ठेकेदारको ढिलाइले सडक पिच नहुँदा आजित भएका स्थानीय आन्दोलित भएका हुन्।

चाबहिल–बौद्ध–जोरपाटी सडकखण्ड पिच गर्न भत्काएर अलपत्र पारेको दुई वर्ष भइसकेको छ। तर ठेकेदारको ढिलासुस्तीले धार्मिक तीर्थस्थल बौद्ध स्तुपा रहेको क्षेत्र अस्तव्यस्त भएको छ। पिच नगरिँदा हिउँदमा त्यो क्षेत्रलाई धुलोले ढाक्छ बर्षाको सिजनमा डुबान हुने गरेको छ। सरकारले यथास्थितिमा तत्काल सडक कालोपत्र गर्न निर्देशन दिदा पनि ठेकेदारले विभिन्न बहानामा यो सडक निर्माण पुरा गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here