जम्मू कश्मीरमा फेरि भिडन्त, आइएस कमाण्डर अब्दुल्लाको मृत्यु

22

काठमाडौं- भारतको जम्मू कश्मीरमा फेरि भिडन्त भएको छ । आशीपोरा इलाकामा भारतीय सुरक्षाकर्मी र बिद्रोहीवीच भिडन्त भएको हो । भिडन्तमा परी एक बिद्रोहीको ज्यान गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सुरक्षाकर्मीले भारीमात्रामा हतियार तथा गोलाबारुद बरामद गरेको छ ।

मारिएका बिद्रोही सोपोर निवासी इशाक सोफी उर्फ अब्दुल्ला भाइ रहेको जनाइएको छ । अब्दुल्ला इस्लामिक स्टेट आइएसको जम्मू तथा कश्मीरको कमाण्डर थिए ।

अब्दुल्ला सन् २०१५ मा हरकुट मुजाहिद्धिनमा सामिल भएका थिए । उनी सन् २०१८ मा आइएसमा लागेको जनाइएको छ ।

अब्दुल्ला मारिएपछि परिस्थिति बिग्रन सक्ने भन्दै सबै निजी तथा सरकारी विद्यालयहरु बन्द गरिएका छन् ।

मुठभेड जारी नै रहेको छ । बिद्रोहीहरुको संख्या पत्ता लगाउन कठिन भएकाले अप्रेशन सफल हुन नसकेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here