अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल

277

उदार भिसा नीति र खुला सिमानाका कारण नेपाल अवैध शरणार्थी (आप्रवासी)को केन्द्र बन्दै गएको छ । विगतदेखि आश्रय लिएका भुटानी र तिब्बतीबाहेक कुनै पनि देशका शरणर्थीलाई प्रश्रय नदिने सरकारको नीति भए पनि म्यानमारदेखि अफ्रिकासम्मका अवैध शरणार्थीको संख्या बढ्दै गएको छ । यसले देशको सुरक्षामै खतरा बढेको भन्दै प्रहरी चिन्तित छ ।

अहिले १० देशका हजारभन्दा धेरै अवैध शरणार्थी नेपालमा बस्दै आएका छन् । खासगरी, तेस्रो मुलुक जानका लागि द्वन्द्वग्रस्त देशका नागरिकले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । तर, अवैध शरणार्थीको समस्या समाधानका लागि सरकारले कुनै योजना बनाएको छैन ।

हाल १० देशका अवैध शरणर्थी नेपालमा छन् । इरान, इराक, म्यानमार, बंगलादेश, सोमालिया, पाकिस्तान, कंगो, अफगानिस्तान र श्रीलंकाका नागरिक शरणार्थीका रूपमा बस्दै आएका छन् । यसमध्ये सबैभन्दा धेरै पाकिस्तानी छन् । कतिपय पाकिस्तानी १० वर्षअघिदेखि छन् ।

ती देशका नागरिकलाई राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय नेपाल (युएनएचसिआर)ले परिचयपत्रसमेत दिएर शरणार्थी भन्ने गरेको छ । तर, उनीहरू शरणार्थी नभई अवैध आप्रवासी भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । उनीहरूलाई नेपाल सरकारले शरणार्थीको मान्यता दिएको छैन । नयाँ पत्रिका दैनिकले लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here