नापी सर्वेक्षक २० हजार घुससहित अख्तियारको फन्दामा

76

काठमाडौं- नापी कार्यालय परासीका एकजना सर्वेक्षकलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । नापी सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले आइतबार उनलाई सेवाग्राहीसँग घुस लिँदा लिँदै कार्यालयबाटै पक्राउ गरेको हो। अख्तियारका अनुसार बर्दघाट नगरपालिकाका सेवाग्रहीको पूर्जामा १८ धुर जग्गा नक्सामा पनि मिलाइदिने भन्दै उनले २० हजार घुस मागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here